काठमाडौं, २७ माघ । कसैकसैलाई तथा नियतिले यतिसम्म ठग्छ कि जिन्दगी ठक्करै-ठक्करको संग्रह बनिदिन्छ ।
यदि त्यो क्रुर हत्याकाण्ड नहुँदो हो त यतिबेला हामी उनलाई मुलुककी महारानीको रुपमा पाउँथ्यौं । नियतिले उनलाई रानी ऐश्वर्यको बुहारी त बनाएन, तर त्यही नामका एक पुरुषको अर्धांगिनी बनायो, तैपनि नियतिको जालमा परेर कष्टैकष्टले भरिएको कथामा रुमल्लिएकी छन्, प्रशंग हो पशुपति शमशेरपुत्री देवयानी राणाको । पशुपति राणा राप्रपाका वरिष्ठ नेता हुन् । केही समयअघि उनी अध्यक्ष समेत थिए ।
कांग्रेस आइका नेता तथा केन्द्रीय सरकारका पूर्वमन्त्री अर्जुन सिंहको छोरीतर्फकी नातिनी बुहारी बनेर दिल्लीको कालन्दीमा अलग्गै रहँदै आएकी छन् देवयानी । अर्जुनकी छोरी बीनाकुमारी सिहंको विवाह राजा भूवनेश्वरप्रसाद सिंहसँग भएको थियो । उनैका छोरा कुँवर ऐश्वर्य सिंहकी पत्नी हुन् उनी ।
सन २००७ को २३ फेब्रहरीमा ऐश्वर्य ३२ को र देवयानी ३६ वर्षकी हुँदा जोडिएको दाम्पत्य अहिले संकटमा परेको छ । अर्थात, कानुनी रुपमा सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भइसकेको छ । जनआस्था साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया