
काठमाडौं, २७ माघ । भारतले पूर्वप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको संविधान जारी भई जटिल राजनीतिक संक्रमणको मिसन पूरा गर्न सफल भएको भन्दै कोइरालाको प्रशंसा गरेको छ ।
भारतीय सर्वदलीय सांसद्को साथ कांग्रेसका सभापति कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेपछि कांग्रेसका शीर्ष नेताहरुसँग दशरथ रंगशालामा संक्षिप्त भेट गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कोइरालाको राजनीतिक भूमिकाको सराहना गरेकी हुन् ।
भारतका प्रतिनिधीले यसरी प्रशंसा गरेपछि कांग्रेस नेताहरु हर्षित भएका थिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।















प्रतिक्रिया