२४ कार्तिक २०८३, मंगलबार

कोइरालालाई श्रद्धाञ्जलि दिन बिहानैदेखि घुइँचो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala-nidhanकाठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन आज बिहानैदेखि दशरथ रङ्गशालामा घुइँचो लागेको छ ।

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनका लागि जिल्लामा रहेका नेता तथा कार्यकर्ताहरु काठमाडौँ आउन थालेपछि घुइँचो बढेको हो । कोइरालाको गृहजिल्ला बाँके, बाग्लुङ, चितवनलगायत जिल्लाबाट सर्वसाधारणहरु आउनेक्रम जारी रहेको छ ।

मङ्गलबार बेलुकादेखि नेपाल सरकारको जिम्मामा रहेको बाकसभित्र रहेको शवलाई श्रद्धाञ्जलि दिन आज बिहान ९ बजेदेखि बाकसबाट बाहिर निकालिएको थियो । रासस