२४ कार्तिक २०८३, मंगलबार

कोइरालाको निधनपछि विराटनगरमा प्रचण्डले मधेसी मोर्चालाई दिए चेतावनी र सुझाव

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

विराटनगर, २६ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति शोक व्यक्त गर्दै आन्दोलनरत मधेसी मोर्चालाई सच्चिन चेतावनी दिनुभएको छ ।

धनकुटाबाट पार्टीका कार्यक्रमलाई स्थगित गरी आज अपराह्न काठमाडौँ फर्कने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले मधेसका माग सम्बोधनमा सत्तापक्ष र प्रतिपक्ष प्रतिबद्ध रहेको भन्दै अडान त्यागेर वार्तामा बस्न मोर्चालाई सुझाव दिनुभयो ।

उहाँले कोइरालाको अवसानमा मुलुकले स्थापित राजनीतिक योद्धा गुमाएको बताउनुभयो । कोइरालाले राष्ट्रिय एकता, संविधान कार्यान्वयन, मधेसलगायतका ज्वलन्त समस्या समाधानका लागि खेल्नुभएको भूमिकालाई पुरा गर्न सकियो भने उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभयो ।

मधेसको समस्या समाधान गर्ने उपायबारे सुशील कोइरालासँग अन्तरङ्गरुपमा छलफल भएको स्मरण गर्दै प्रचण्डले मुलुकको समस्या समाधानका लागि मधेसी मोर्चालाई पनि गम्भीर हुन चेतावनीसहितको सुझाव दिनुभयो ।