
काठमाडौं, २६ माघ । नेपाली कांँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक प्रकट गर्न काठमाडौं आएको भारतीय टोली दशरथ रंगशाला पुगेको छ ।

साँझ पाँच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको जम्बो टोलीले रंगशाला पुगेका कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेको छ । उनीसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा मामिला सल्लाहकार अजित डोबालले पनि कोइरालाप्रति श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
साथमा केही भारतीय नेताहरुले पनि कोइरालाप्रति रंगशाला पुगेर श्रदाञ्जली अपर्ण गरेका छन् । स्वराज र डोबाल सहित केही भारतीय सांसदहरुपनि काठमाडौं आउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमानस्थबाट भारतीय टोली सिधै दशरथ रंगशाला पुगेको थियो ।
हेर्नुस् फोटोहरुः














प्रतिक्रिया