२९ आश्विन २०८३, बिहिबार

प्रिन्सिपलले स्कुलकै शिक्षिका ताकेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-Teacherएजेन्सी । स्कुलका प्रिन्सिपलले आफ्नै शिक्षिकामाथि शारीरिक सम्पर्क राख्ने प्रयास गरेपछि बबाल मच्चिएको छ ।

शारीरिक सम्पर्क राख्द खोज्दा शिक्षिका बेहोसै भएकी छिन् । घटना मयूर विहार इलाकाको हो । जहाँ स्टेट अवार्ड विनर स्कुलकी शिक्षिकालाई प्रिन्सिपल र एक शिक्षक मिलेर स्टाफ रुममा शारीरिक सम्पर्क राख्न खोजेका थिए । तर, बेहोस भएपछि उनलाई उल्टै अस्पताल पुगाउनुपर्यो ।

समाचार अनुसार अस्पतालमा होस आएपछि पीडित शिक्षिकाले प्रिन्सिपल र अर्का एक शिक्षकले आफूमाथि गरेको अत्याचारको पोल खोलेकी हुन् । उनीमाथि प्रिन्सिपलले पछिल्लो दुई वर्षदेखि गलत नजरले ताक्दै मानसिक रुपमा यातना दिँदै आएका थिए ।

तर, शनिबारले उनले शारीरिक यातना दिन खोज्दा त्यो प्रयास सफल हुन नसकेको हो । पीडित शिक्षिकालाई एलबीएस अस्पतालमा भर्ना गरिएको छ ।

उनको उजुरीपछि मयूर विहार थाना पुलिसले घटनाको जाँच गरिरहेको छ भने आरोपी प्रिन्सिपल र शिक्षकविरुद्ध मुद्दा दर्ता गरेको छ ।
उनीमाथि खाली पिरियड भएको समयमा एक्लै स्टाफ रुममा बसिरहेको बेला एक्कासी प्रिन्सिपलले शारीरिक सम्पर्कको प्रयास गरेका थिए । उनी सरकारी स्कुलकी शिक्षिका हुन् ।