काठमाडौँ, ३ साउन । इराकमा जारी द्वन्द्वका कारण अलपत्र परेका ११ जना नेपालीलाई उद्दार सरकारले गरी नेपाल ल्याएको छ ।
लामो प्रयासपछि उनीहरूलाई उद्दार गरी सरकारले स्वदेश फर्काउन सफल भएको बताएको छ । उनीहरुलाई कुर्दिस्तान प्रान्तको एर्बिलका साथै किर्कुक र टिक्रिट सहरबाट उद्दार गरिएको हो ।
उद्दार गरिएको सबैलाई परराष्ट्र मन्त्रालयले सरकारी खर्चमा घर फर्कने जानकारी दिएको छ । उद्दार गरिएकाहरुमा निर्मलपोखरी कास्कीका सन्तोष लामिछाने, शारदानगर चितवनका प्रकाश विश्वकर्मा, कन्करी रुकुमका धनबहादुर बिक, मूलखर्क ओखलढुंगाका जीतबहादुर तामाङ, हपुर र सिसहनिया छन् ।
त्यसैगरी दाङका टोपबहादुर बस्नेत र अनिलकुमार चौधरी, मोरङ बयरबन निवासी मोहनकुमार बस्नेत, निर्मलीडाँडा खोटाङका प्रकाश गिरी, सुकजोर रामेछाप स्थायी घर भएका विष्णुबहादुर बस्नेत तथा धनकुटाको खुवाफोकका सुवास मादी र इन्द्रकुमार लिम्बु छन् ।













प्रतिक्रिया