
काठमाडौं । मदन पुरस्कार विजेता लेखक मदनमणि दीक्षितको एकलाप उपन्यास ‘मेरी नीलिमा’ आज राजधानीमा विमोचित भएको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राध्यापक डाक्टर सुरेशराज शर्मा, मदनमणि र उहाँकी धर्मपत्नी रीता दीक्षितले संयुक्त रुपमा पुस्तक विमोचन गर्नुभयो ।
दीक्षित दम्पतीको ७८ औं बैबाहिक वर्षगाँठको उपलक्ष्य पारेर पुस्तक विमोचन गरिएको हो । २०५२ सालमा साझा प्रकाशनबाट प्रकाशित किताबलाई बुक–हिल पब्लिकेशनले बुकहिल क्लासिक सिरिज अन्तर्गत मेरी नीलिमाको पुनः प्रकाशन गरेको हो ।
शिल्पी नाट्य समूह बत्तीसपुतलीमा आयोजित कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै प्रा.डा शर्माले मेरी नीलिमा युवा पुस्ताले पढ्नैपर्ने पुस्तक मध्येको एक भएको उल्लेख गर्नुभयो । पुरुष र महिलाको विशिष्ठ सम्बन्धलाई भाषिक शिल्पमार्फत् ममदीले उत्कृष्ट र मनमोहक ढंगबाट मेरी नीलिमामा प्रस्तुत गरेको बताउनुभयो ।
त्यस्तै राष्ट्रकवि घिमिरेले मेरी नीलिमामा काव्यत्मकता बढी रहेको उल्लेख गर्नुभयो । महिला र पुरुषको प्रेम सम्बन्धलाई दीक्षितको मेरी नीलिमाले नयाँ ब्याख्या र विश्लेषण प्रदान गरेको राष्ट्रकविको भनाई थियो । माधवीबाट मदनपुरस्कार प्राप्त गरेपनि ममदीको मेरी नीलिमा विशिष्टकृत कृति रहेको उहा“को टिप्पणी थियो ।
कार्यक्रममा कृतिका लेखक ममदीले जिन्दगीमा पहिलोपटक बैबाहिक वर्षगाँठ मनाइएको र त्यसमा पनि आपूmलाई मन परेको कृतिको विमोचन समेत साथै हुँदा त्यसले थप हर्ष पैदा भएको बताउनुभयो । उहा“ले नीलिमा आप्mनो प्रेमिका, सहधमिृर्णि, माता र समग्रमा जगन्मातानै भएको बताउनुभयो ।
कार्यक्रमको शुरुआतमा दीक्षित जोडीको ७८ औं वर्षगाँठमा मदनमणि र पत्नी रीताले एकअर्कालाई दुबोको माला लगाइदिएका थिए । त्यसपछि दीक्षित दम्पतीले केक काटेर सबैलाई खुवाएका थिए ।
बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बुकहिल क्लासिक सिरिज अन्तर्गत छिट्टै पुरानो पुस्ताका अन्य कृतिहरु पनि नयाँ आवरणमा पुनःमुद्रण गरिने जानकारी गराए ।















प्रतिक्रिया