२४ कार्तिक २०८३, मंगलबार

मोर्चाको विज्ञप्तिमा असहमति जनाउँदै राजेन्द्र महतोले गरेनन् हस्ताक्षर, के छ चौथो बुँदामा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-mahato-2

काठमाडौं, २५ माघ । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि आन्दोलनका कार्यक्रम औपचारिक रुपमा फिर्ता लिएको छ ।

सोमबार तमलोपाको कार्यालय विजुलीबजारमा बसेको बैठकपछि पाँच महिनादेखि मोर्चा बनाएर आन्दोलन गरिरहेका संघीय समाजवादी फोरम नेपाल, सदभावना पार्टी, तमलोपा र तमसपाले संयुक्तरुपमा विज्ञप्ति जारी गरी तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको हो ।

तर, आन्दोलन फिर्ता लिएको निर्णयपछि जारी गरिएको विज्ञप्तिमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छैनन् । उनले विज्ञप्तिमा असहमति जनाउँदै हस्ताक्षर नगरेका हुन् । महतोले विज्ञप्तिको चौथो नम्बर बुँदामा असहमति जनाएका थिए ।

उक्त बुँदामा ‘आन्दोलनकै क्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पछिल्लो कार्य र अभिव्यक्तिबाट आन्दोलनलाई ठूलो क्षति पुग्न गएको हुँदा अब उप्रान्त यस्ता क्रियाकलाप नगर्न र नगराउन मोर्चा निर्देश गर्दछ’ भनिएको छ ।

यसै बुँदामा असहमति तथा आपत्ति जनाउँदै अध्यक्ष महतोले विज्ञप्तिमा हस्ताक्षर नगरेको सदभावना पार्टीका महासचिव मनीष सूमनले जानकारी दिए । उनले भने– मोर्चासँग हाम्रो कुनै असहमति छैन् । हाम्रो असहमति भनेको चार नम्बर बुँदामा हो । वीरगञ्ज घटनालाई लिएर हाम्रा अध्यक्षलाई सचेत गराउने कुरा ५ त्यसमा हाम्रो घोर आपत्ति छ असहमति छ । त्यही कारण हस्ताक्षर भएन् ।

हेर्नुस् चार नम्बर बुँदा:

press release 1

पुरा विज्ञप्तिः

press release 1press release 2