१ कार्तिक २०८३, शनिबार

सलमान खानलाई यी हिरोइनले स्टेजमै हानिन् थप्पड !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-Anuska

मुम्बई । बलिउडका सुपरस्टार सलमान खानका अगाडि मानिस ठूलो स्वरले बोल्न पनि डराउँछन् तर, यो मान्यतालाई चुनौति दिँदै एक हिरोइनले सार्वजनिक स्थानमै सलमानलाई थप्पड हानेकी छिन् ।

बलिउड अभिनेत्री अनुष्का शर्माले सलमानलाई फिल्म ‘सुल्तान’को शुटिङ सेटमा थप्पड हानेकी हुन् । फिल्म ‘सुल्तान’मा सलमान र अनुष्का रेसलर्सको भूमिकामा देखिँदैछन् । फिल्मकी लीड एक्ट्रेस अनुष्काले रेसलरको भुमिका निभाउने क्रममा फाइट सीनमा सलमान खानको गालामा थप्पड हानेकी हुन् ।

यो थप्पड सलमानकै सहमतिमा अनुष्काले हिर्काएकी हुन् । थप्पड खाएपछि सलमानले निकै दुखेको बताएका छन् । अली अब्बासको निर्देशनमा बन्न लागेको यो फिल्ममा सलमानको नयाँ बडी देख्न पाइनेछ । फिल्मको ट्रेलर छिट्टै रिलिज हुने बताइएको छ ।