
– दिल कुमार श्रेष्ठ
दोहा । जनसम्पर्क समिति कतारले नेपाली कांग्रेसको १३ औ महाधिवेशनकोलागि ७ जना प्रतिनिधि चुनिने प्रक्रियामा अन्तरिक मिलेमतोमा र मेरो गोरुको बाह्रै टक्का गर्दै चुनिएमा असन्तुष्टि पक्षले जनाउदै पत्रकार सम्मेलन गरेका छन् ।
७ फेबु्रअरी २०१६ को दिन बेलुका टपफम रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसको १३ औ महाधिवेशनको लागि कतारबाट जाने प्रतिनिधिमा मधेसी मुलका प्रतिनिधिहरुलाई स्थान नदिएको गुनासो गरेका थिए ।
साथै प्रतिनिधि चयनको लागि कुनै सूचना प्रवाह नगरी संगठनका भित्र रहेका सक्रिय सदस्यहरुको अनुपस्थिती तथा इकाई संगठन तथा अन्य पक्ष कुनै सल्लाह र सहमति बिना जबरजस्ती पेलेर लैजान खोजेको आरोफ समेत असन्तुष्ट संघर्ष समितिका संयोजक मो. साकिर अलिले बताए ।
राष्ट्रलाई नै समुन्नत दिशा तिर लैजाने पार्टीका व्यक्तिहरुले कोठे बैठक गरेर जम्माजम्मी २३ जनाको उपस्थितिमा मनोमानी तरिकाले अधिवेशन प्रतिनिधि चुनेकोमा दुख ब्यक्त गरेका थिए । साथै प्रतिनिधी चयनमा समेत विचार नपुराई पत्रकार महासंघ कतारका सचिब समेत रहेका अजिज अलिलाई समेत कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएकोमा सम्बन्धित पक्षको ध्यान आकर्षण गर्न अनुरोध समेत गरेका थिए ।
असन्तुष्ट पक्षले जनाए अनुसार जम्मा २३ जनाको उपस्थितिमा भएको प्रतिनिधि चयनमा २१ जना उमेद्वारी परेको र तिन जना उमेदवारले आफैले आफैलाई बिना सहमति प्रतिनि घोषणा समेत गरेकोमा खेद प्रकट गरेका छन् ।
यावत कुराहरुलाई केलाउदै असन्तुष्ट रहेको जनाउदै समितिमा लिखित रुपमा नै आफुहरुले निवेदन पेश गरेपनि कुनै सुनुवाई तथा प्रतिक्रिया नआएकोले आज यो पत्रकार सम्मेलन गर्नु परेको बताएका थिए ।
समितले आफुहरुको निवेदनमा उल्लेख गरिए कुराहरुमा स्पस्ट रुपमा जवाफ नपाएको खण्डमा आगामी दिनमा बाध्य भएर समानान्तर समिति समेत खोल्ने चेतावनी दिएका छन् ।
समानान्तर समिति गठन भए पनि पार्टीको निति र सिद्दान्त अनुरुप अगाडी बढ्ने कुरा पनि खुलाएका थिए । भने असन्तुष्ट पक्षमा मो। साकिर अलि सुनिल मण्डल राम कुमार मण्डल मो. उमर याकू मिया राम बाबु यादब समेश्वर यादब मो। इशा अलि सहित ३५ जनाको टिम रहेको समेत जानेका थिए ।















प्रतिक्रिया