१ कार्तिक २०८३, शनिबार

दर्जन हास्य कलाकार रहेको ‘लालजोडी’को छायाँकन धमाधम हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lal Jodi Nepali Moviकाठमाडौं । चलचित्र ‘लालजोडी’ले आफ्नो छायाँकन धमाधम सुरु गरेको छ । फिल्म निर्देशक लक्ष्मण सुवेदीको निर्माण निर्देशनमा यो फिल्मले शनिबारबाट छायाँकन सुरु भएको हो ।

चलचित्रमा हाँस्य कलाकार ज्योति काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ, गोविन्द कोइराला, सीपी पौडेल, किशोर भण्डारी, शिव शंकर रिजाल, यादव पुडासैनी, मधुसुदन पाठकलगायतको अभिनय लालजोडीमा रहनेछ ।

हाँस्य श्रृखला मेरी बास्सैमा बाबुरामको भुमिका निर्बाह गर्दे आएका ज्योतिलाई लाला लजोडीको हीरो बनाएको विषयमा निर्देशक सुबेदीले अहिलेसम्म मुख खोलेका छैनन् ।

रंगपत्रकारिता गर्दै आएका सुबेदीले ज्योतिलाई लिनुको पछाडि केहिन केही रहस्य रहेको अनुमान लगाइएको छ । लालजोडीमा यसअघि मुख्य भूमिकामा नायक निखिल रहने चर्चा थियो ।

चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

पूर्णतया कमेडी विषयमा आफूले चलचित्र बनाउन लागेको निर्देशक सुवेदीले बताए । चलचित्रको लेखन समेत सुबेदीले नै गरेका हुन् ।