१ कार्तिक २०८३, शनिबार

‘खुर्पा’को नाममा बन्यो फिल्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khurpaकाठमाडौं । पुरुषले आफुमाथि कुनै पनि नराम्रो काम गर्न खोजे भने त्यसको प्रतिकारको माध्यम खुर्पा हो भन्ने सन्देश बोकेको फिल्म ‘खुर्पा’ निर्माण गरिएको छ ।

माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मले राजधानीमा आइतबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर र ‘झमझम’ बोलको गीत सार्वजनिक गरेको छ ।

आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हस्त लिवाङ्गको लगानी र किशोर सुब्बाको कथा, लेखन तथा निर्देशन छ ।

विराज आङदेम्वे, विशाल थेवे, पदम चोङवाङ यसका सहनिर्माता रहेको फिल्ममा सविन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लिवाङ, राजु घिमिरे, अप्सरा शेर्पा र युवराज लामाको अभिनय छ ।

फिल्मका निर्देशक सुब्बाले गाउँघरमा अझै पनि महिलाहरुले आफ्नो आत्मरक्षाका लागि खुर्पा बोक्ने प्रचलन रहेकाले त्यसैलाई कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरेको बताए ।

‘फिल्ममा खुर्पा र नारी बीचको सम्बन्ध, एउटा नारीले खुर्पाको प्रयोग किन र के का लागि गर्द्छिन् भन्ने विषयहरु नै फिल्मको विषयबस्तु हो,’उनले भने,‘यस हिसाबले फिल्मले नारी सशक्तिकरणलाई उजागर गर्न सक्षम छ । यो पूर्ण रुपमा एक्सन फ्लेबरको फिल्म हो ।’

फिल्ममा निरज कुमारको गीत तथा संगीत, समीर मियाँको सम्पादन, शंकर महर्जनको एक्सन, गोविन्द राइको नृत्य रहेको फिल्ममा कुमार बखतीको छायांकन छ ।