काठमाडौं, २५ माघ । चर्को रकम तिरेर जर्जिया हुँदै अमेरिका छिर्न खोज्ने पाँच नेपालीलाई जर्जिया अध्यागमनले फर्काइदिएको छ । उनीहरु नेपाली र भारतीय दलालबाट ठगिएका छन् ।
नयाँदिल्ली हुँदै अमेरिका छिर्न माघ १८ गते जर्जिया उडेका मुस्ताङका सुनील गुरुङ, रुपन्देहीका राकेश कार्की र दिलबहादुर सार्की, कास्कीका असिन भट्टराई र बागलुङका अमृत कँडेल अध्यागमन विभागको हिरासतमा छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनीहरुलाई पोखराकी केशवकुमारी भट्टराई, विष्णु गहतराज र निराज भन्ने व्यक्तिले जर्जिया पठाइदिने भन्दै प्रतिब्यक्ति १२ लाख रुपैयाँ लिएका छन् ।
उनीहरुले नयाँ दिल्लीमा भारतीय दलालको सहयोगमा सेटिङ गरेका थिए ।
दलालले नै केही दिन जर्जिया राखेर उनीहरुलाई अमेरिका उडाउने तयारी गरेका थिए ।
जर्जियामा केही दिनका लागि खाने बस्ने बन्दोबस्ती दलालले नै मिलाएको स्रोतले बताएको छ ।















प्रतिक्रिया