२८ आश्विन २०८३, बुधबार

बजार भाउ नियन्त्रण गर्न मुस्किल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yubraj-Khatiwadaकाठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धि आठ प्रतिशतमा सीमित राख्ने बताएको छ। केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७१/७२ को मौद्रिक नीतिमा उक्त कुरा उल्लेख छ। नीतिको एउटा महत्त्वपूर्ण लक्ष्य मूल्यवृद्धि नियन्त्रण हो। तर केही वर्षयता मौद्रिक नीति मूल्यवृद्धि नियन्त्रण गर्न असफल देखिएको छ।

गभर्नर डा। युवराज खतिवडाले कसिलो मौद्रिक नीति सार्वनजिक गर्दै नीतिको कार्यदिशाअनुरूप मौद्रिक क्षेत्रबाट मूल्यमा चाप पर्न नदिन र परिलक्षित आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन नीतिको अन्तरिम लक्ष्य रहेको भने पनि बजार भाउमा भने चाप रहेको स्वीकारे।

सरकारले चालू आर्थिक वर्षका लागि सार्वनजिक गरेको ६ खर्ब १८ अर्बको बजेटमा उल्लिखित ६ प्रतिशत आर्थिक वृद्धिलाई सघाउन सरकारको आर्थिक सल्लाहकारको हैसियतमा राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका औजारले बजार भाउ नियन्त्रण गर्न सम्भव नभएको अघिल्ला आर्थिक वर्षहरूको अनुभव छ। अन्नपूर्ण पोष्ट दैनिकबाट