२४ कार्तिक २०८३, मंगलबार

यस्तो छ मधेसी मोर्चाको बैठक बिथोलिनुको रहस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-1काठमाडौं, २४ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिरामी परेपछि आज बस्ने भनिएको मधेसी मोर्चाको बैठक प्रभावित भएको छ ।

लामो समयदेखि बस्न नसकेको मधेसी मोर्चाको बैठक दोस्रो तहका नेताहरूको दबाबमा आज राजधानीमा बस्ने भनिएको थियो । तर यो समाचार तयार पार्दासम्म मधेसी मोर्चाको बैठकको अत्तोपत्तो छैन ।

स्रोतका अनुसार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिरामी परेको भन्दै आफ्नो भीमसेनगोलास्थित निवासमा बसेपछि बैठक प्रभावित भएको हो । अध्यक्ष महतोले आज बिहान तिलगंगा आँखा अस्पताल पुगेर आफ्नो आँखाको उपचार पनि गराउनु भएको थियो ।

उता, मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सद्भावना अध्यक्ष महतोको पछिल्ला क्रियाकलाप्रति असन्तुष्टि जनाउँदै नआउने समाचार पठाएपछि बैठक प्रभावित भएको स्रोतको भनाइ छ ।

यद्यपि, सो विषयमा दुबै अध्यक्ष महतो र यादवले अस्वीकार गर्दै आएका छन् । उनीहरूबीच मधेस आन्दोलनका क्रममा कसले जसलिने भन्ने विषयमा बिवाद भएपछि बोलचाल नै बन्द भएको थियो ।

दोस्रो तहका नेताहरूको दबावमा बोलचाल भएपनि सद्भावना पार्टीले अलग आन्दोलनको कार्यक्रम घोषणा गरेर असन्तुष्टि सार्वजनिक गरेको थियो ।