काठमाडौ, २४ माघ । वीरगञ्ज भन्सार नाका एकतर्फी खोलेर चर्चामा आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले रिपोर्टर्स क्लब नेपालको साक्षत्कारमा आउने बचन दिएर अन्त्यमा तोडेका छन् ।
महतोले क्लबको साक्षत्कारमा आउने बचन दिएर अन्त्यमा नआएको रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जानकारी दिए । ‘सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले आज साक्षत्कारमा आउने भनेर मलाई बचन दिनुभएको थियो’, धमलाले भने, ‘म उहाँको भीमसेनगोलास्थित निवास पुगे । आँखाको उपचार गराएर बस्नु भएको रहेछ । आउन मान्नुभएन् ।’
झण्डै चार महिनाको नाकाबन्दीपछि वीरगञ्ज भन्सार नाका शुक्रबार बेलुकादेखि खुलेको र मधेसी मोर्चाको आन्दोलनका विषयमा अध्यक्ष महतोबाट समाचार पाउने आशामा पुगेका चार दर्जन बढी सञ्चारकर्मीहरू निराश भएर फिर्ता भएका छन् ।
वीरगञ्ज नाका खोल्नुका साथै प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक सम्बन्ध सुधार गरेका अध्यक्ष महतोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग टकराव लिँदै आएका छन् । महतो र यादवबीच अहिले फेरि बोलचाल नै हुन छाडेको स्रोतको भनाइ छ ।
यसैबीच, अध्यक्ष महतोले आज बिहान तिलगंगा आँखा अस्पतालमा पुगेर आँखाको उपचार गराएका छन् । मधेस आन्दोलनका क्रममा विराटनगरमा प्रहरीसँगको झडपमा घाइते हुँदा महतोको आँखामा समस्या भएको थियो । उनले आँखाको नियमित उपचार गराउँदै आएका छन् ।












प्रतिक्रिया