
मुम्बई । बलिउड अभिनेता शाहिद कपुर ‘लभहिरो’का रुपमा चिनिन्छन् ।
बेला बेला फरक फरक हिरोइनसँग लभ गरेर चर्चामा आउने शाहिद अहिले भने श्रीमतीका साथमा बस्दै आएका छन् । ७ जुलाईमा मीरा राजपुतसँग विवाह बन्धनमा बाधिएका शाहिदले भर्खरै मात्र अनौठो कुरा गरेका छन् ।
उनले आफूलाई श्रीमतीसँग डर लाग्ने गरेको बताएका छन् । शाहिदले सामाजिक सञ्जाल इस्टाग्राममा एक भिडियो जारी गर्दै पत्निसँग डर लाग्ने कुरा स्वीकारेका छन् । उनले भनेका छन्– मीरा बाहेक मलाई कसैसँग डर लाग्दैन् । यसको अर्थ उनी श्रीमतीसँग निकै डराउँछन् भन्ने पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शाहिद मीरालाई निकै माया गर्छन् । त्यसैकारण अवार्ड, ठूला समारोह तथा विहानको जिममा पनि सँगै जाने गर्छन् ।
यद्यपी शाहिद अहिले फिल्म ‘रंगून’को शूटिंगमा व्यस्त छन् ।















प्रतिक्रिया