
– बिजय शर्मा दर्पण
जेनेभा । गत शुक्रबार स्विजरल्याण्डको रमणीय तथा पर्यटकीय सहर जेनेभामा बेबी सावर ( गोद्भराइ) कार्यक्रम सम्पन्न भएको छ ।
श्रीमती सोनाम लामाको बेबी सावर अती कलात्मक हिसाबले सजाइएको केक काटी भव्यताका साथ मनाईएको हो । कामको सिलसिलामा विभिन्न ठाउँमा छरिएर बसेका नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो ।

बच्चा जन्मन २ महिना बाँकी हुँदै मनाईएको बेबी सावर कार्यक्रममा निबर्तमान आईसीसी सदस्य शिव रिजाल, प्रवासी नेपाली मंचका अध्यक्ष संजय मुडवरी, जनसम्पर्क समिति स्विजरल्याण्डका सह महामन्त्री सरोज घिमिरे लगायत उपस्थित नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले पहिलो पटक आमा बुवा बन्न गएका दम्पति श्रीमती सोनाम लामा र श्रीमान भास्कर अधिकारिलाई दहि र चिउरा खुवाउदै अग्रिम शुभकामना दिएका छन् ।
नेपाली गित संगीतमा रमाउदै मनाइएको उक्त कार्यक्रमको ब्यबस्थापन स्थानीय कलाकार निता कपुरले गर्नु भएको थियो ।















प्रतिक्रिया