८ कार्तिक २०८३, आइतबार

छोरालाई बाँधेर आमालाई बलत्कार गरेको समचार प्रहरीमा यसरी पुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

रौतहट, २४ माघ । छिमेकीलाई फसाउन झूटो उजुरी हाल्ने दम्पती आफैँ फन्दामा परेको छ । रौतहट विश्रामपुर गाविसका डमरी महरा र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १८ गते राति १ बजे विश्रमपुरमा पाँच जनाको नकाबधारी समूहले पति र छोरालाई बाँधी ४५ वर्षीय दलित महिलालाई बलात्कार गरेको खबर प्रहरीमा पुग्यो ।

तत्कालनै घटना स्थल पुगेको प्रहरीलाई उनले आफूलाई घर नजिकैको परालको कन्युमा लगेको, एक जनाले बलात्कार गरेको र प्रहरी टोली आएपछि सबै जना भागेको बयान दिएका छन् ।

त्यसपछि अनुसन्धान थालेको प्रहरीमा उनीहरुले छिमेकी पाँच जनाको नाम किटानी गरे । नागरिक दैनिकमा समाचार छ ।

प्रहरीले अनुसन्धान केलाउदै जाँदा प्रहरीले अनुसन्धानमा नसोचेको मोड फेला पार्‍यो । अनुसन्धान केलाउदै जाँदा आफूहरुलाई चोरी काण्डमा मुछ्ने छिमेकीलाई फसाउन पीडित भनिएकाले नै बलात्कारको झूटो कथा रचेका तथ्य बाहिर आयो ।