काठमाडौं, २ साउन । कुनै एक समय राजनीतिको चर्चाको शिखरमा रहनु भएकी रामकुमारी झाँक्री करिव ४ वर्षसम्म गुमनाम बन्नु भयो ।
धेरैले झाँक्रीको बिवाहसँगै राजनीति पनि सकिएको चर्चा गरे । तर, भर्खरै राजधानीमा सम्पन्न नेकपा एमालेको नवौँ महाधिवेशनबाट महिला कोटामा सबैभन्दा लोकप्रीय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उहाँको चर्चा फेरि शुरु भएको छ ।
आफु विजयी भएको खुशी र पराजयको पीढा पोख्न एमालेका अधिकांश नेताले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरे । तर, अहिले चर्चा केही नेताको मात्र हुने गरेको छ । ती मध्यकी एक हुनुहुन्छ झाँक्री ।
आफु केन्द्रीय सदस्यमा विजयी भएपछि प्रतिनिधि र शुभेच्छुकहरूलाई धन्यवाद दिने क्रममा उहाँले पोष्ट गरे शव्दको समेत अहिले चर्चा छ । ‘मेरो बाटो फराकिलो छ, भविष्य उज्यालो छ, म यसलाई बचाउने चुनौति सम्झेकी छु, मलाई विश्वास छ यो भरोशा टुट्न दिने छैनु,’यो मेरो प्रण हो, कति पटक रक्ताम्मे भएर सडकमा लडेँ अनि उठेर हिडेँ । त्यसैले मेरो यो सवै जिन्दगी नाफाकै हो ।’ उहाँका यी शव्द धेरै सञ्चार माध्ययमका समाचार बनेका छन् ।
उहाँले अझ मार्मिक शव्दमा अबका दिन जे जति सकेको समाज र राष्ट्रकै लागि योगदान दिने बताउनु भएको छ । कसैको पछि नलाग्दा ४ वर्षसम्म गुमनाम जीवन बिताउनुपरेकोमा पनि उहाँले दुःख व्यक्त गर्नुभएको छ ।
‘म सामन्य परिवारको ब्यक्ति हुँ, राजनीतिमा मलार्इ तान्ने र घचेँट्ने आफ्नो कोही छैनु, झाँक्रीले भन्नुभएको छ’त्यही कारणले होला करिव ४ वर्ष त पार्टीमा बिना भूमिका बिताएँ, गुमनाम भएँ ।’














प्रतिक्रिया