१ कार्तिक २०८३, शनिबार

विवाहपछि रीमाको फ्ल्यास ब्याक भिडियो आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

from L-R D B Khadka, Pratima Rai, Reema Bishwokarma & Shankar K Rai_2काठमाडौं । चलचित्र तथा म्युजिक भिडियोमा फाट्ट फुट्ट देखिने अभिनेत्री रीमा बिश्वकर्माको अभिनय रहेको अर्काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आधुनिक क्लासिकल शैलीको उक्त गीतमा रीमालाई अभिनयमा डिबी खड्काले साथ दिएका छन् ।

फ्ल्यास ब्याक शैलीमा तयार पारिएको उक्त गीतको भिडियो रीमाको अहिलेसम्म सार्वजनिक भएकोभन्दा भिन्न रहेको छ । डी.बी. खड्काको सङ्गीत रहेको उक्त गीतमा मनिला सोताङ्को स्वर छ ।

‘पृथ्वी पारी एक…..’ गीतको रुपमा नभएर ब्रान्डको रुपमा आफूले ल्याउन लागेको गीतकार शङ्कर के राईले बताए । गीत/सङ्गीत क्षेत्रलाई एउटा फरक तर सही मार्गमा हिड्न गीतले उत्प्रेरित गर्ने अपेक्षा आफ्नो रहेको गीतकार राईको छ ।from L-R Shankar K Rai, Udaya Sotang, Manila Sogang & D B Khadka