१ कार्तिक २०८३, शनिबार

देश छुट्याउने खेल नखेल्न नेताहरुलाई धुर्मुसको चेतावनी (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus

काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले देश बनाउने अभियानमा जुटेका छन् ।

टेलिभिजनको पर्दाबाट लामो समय दर्शक हँसाएका उनीहरु दुख र पीडामा रहेका नेपालीको घाउमा मल्हम पट्टी लगाउनमा तल्लीन छन् । कहिले नमुना बस्ती बनाउँछन्, न्यानो बाँड्न विकट गाउँमा पुग्छन् त कहिले पिछडीएका मुसहर बस्ती पस्छन् । अनी कहिले सडक बढार्दै देश दौडाहामा लाग्छन् । भूकम्पपछि धुर्मुस सुन्तलीमा देश प्रेमको भाव निकै बढेको देखिन्छ ।

यसैक्रममा धुर्मुसले देश छुट्याउने खेल नखेल्न सबैसँग आग्रह गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम सजगमा समावेश भएको मेरो देश इन्द्रेणी बोलको गीतमा अभिनय गर्दै धुर्मुसले यस्तो आग्रह गरेका हुन् । टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका छन् ।

गीतले नेपाललाई इन्द्रेणी रंगहरुसँग तुलना गर्दै मिलेर रहेका रंगहरु छुट्याउने खेल नखेल्न अपिल गरेको छ । गीतमा आफ्नो वास्तविक भावना पनि जोडिएकाले म्युजिक भडियोमा आफैँले अभिनय गरेको कट्टेलको भनाई छ । गीतमा स्वरुपराज आचार्यको स्वर छ भने बसन्त सापकोटाको संगीत छ । गीतलाई धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियोः