३० आश्विन २०८३, शुक्रबार

बाग्मतीबाट पनि जलविद्युत् निकालिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bagmati Nadiकाठमाडौँ, २ साउन । बाग्मती नदीमा पानी नभएको र फोहोर दुर्गन्ध मात्रै भएको भन्ने कुरा आमरुपमा आइरहेको बेला सोही नदीमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ ।

सरकारले केही दिन पहिले मात्र सो नदीमा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको एक प्रवद्र्धक कम्पनीलाई उत्पादनको अनुमतिपत्र प्रदान गरेको छ ।

बाग्मती नदीको सरसफाइ र सुधारको प्रक्रिया अगाडि बढिरहेको बेला ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले जलविद्युत् आयोजना अगाडि बढाउन सो स्वीकृति प्रदान गरेको हो ।

विभागले केही दिन पहिले मात्र मान्दु हाइड्रो पावरलाई उत्पादनको अनुमति प्रदान गरेको हो ।

मकवानपुरको कुलेखानी आसपासमा आयोजनास्थल रहने गरी सरकारले मान्दु हाइड्रोलाई उत्पादनको अनुमति दिएको हो । कूल २० मेगावाट क्षमताको सो आयोजनाको लागत रु चार अर्ब २३ करोड रहेको छ ।

सो आयोजनालाई आगामी एक वर्षभित्र वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गर्नसमेत विभागले निर्देशन दिएको छ ।