मुम्बई । बलिउड अभिनेता शाहरुख खानको एउटा पुरानो इच्छा अधुरै रहेको छ ।
लामो समयदेखि निजी विमान किन्ने ईच्छा बोकेका शाहरुखले अन्ततः त्यो ईच्छालाई त्यागिदिएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुखले एक अन्तर्वार्ताका क्रममा आफ्नै निजी विमान भएको खण्डमा आवत जावत गर्न सजिलो हुने, समय बचत हुने र कतिपय कामहरु जहाजमै गर्न सकिने भएकाले उनले जहाज किन्ने ईच्छा आफ्नो मस्तिष्कमा सजाएर राखेको बताएका थिए ।
तर, पैसा नपुगेका कारण उनले किन्न सकेनन् । उनले भने- ‘जहाज किन्ने मेरो पहिलेदेखि नै इच्छा थियो तर फिल्ममा लगानी गर्नु परेकाले जहाज किन्ने पैसा पुगेन । कि त जहाज किन्न पुग्थ्यो कि त फिल्म बनाउन, मैले जहाजका अघि फिल्म रोजें ।’
शाहरुख बलिउडका बादशाह हुन् । आफ्नो स्तर(स्डारडम) देखाउन पनि उनले विकान किन्ने योजना बनाएका हुन सक्छन् ।
किनकि हलिउडका थुप्रै स्टारहरु आफ्नै निजी जहाजमा यात्रा गर्छन् । त्यही देखेर उनीहरुका अगाडि आफ्नो हैसियत प्रस्तुत गर्न पनि शाहरुखले जहाज किन्ने योजना बनाएको टिप्पणी गरिएको छ ।















प्रतिक्रिया