७ कार्तिक २०८३, शनिबार

मेसीले छाडे ओलम्पिक, यस्तो नखेल्नुको कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messi2

काठमाडौं । कीर्तिमानी स्ट्राइकर लियोनल मेसी यसै वर्ष ब्राजिलको रियो दी जेनेरियोमा हुने ओलम्पिक खेलकुदमा नखेल्ने भएका छन् ।

अर्जेन्टिना फुटबल टोलीका प्रशिक्षक जेरार्डो मार्टिनोले मेसी सहभागी नहुने पुष्टि गरेका हुन् । मेसीको व्यस्ततालाई ध्यानमा राख्दै आफूले पनि जबर्जस्ती नगरेको मार्टिनोले बताएका छन् । मेसी टोलीमा रहँदा अर्जेन्टिनाले सन् २००८ मा बेइजिङमा आयोजित ओलम्पिक खेलकुदमा स्वर्ण पदक जितेको थियो ।

ओलम्पिक खेलकुदमा य–२३ राष्ट्रिय टोली सहभागी हुन् जसमा तीनजना बढी उमेरका खेलाडी पनि सहभागी हुन पाउँछन् । अमेरिकामा हुने कोपा अमेरिकाको तयारीका लागि मेसीले रियो ओलम्पिक खेलकुदमा सहभागिता रद्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।