३० आश्विन २०८३, शुक्रबार

नासाको बिशेष बैठक सम्पन्न, राईनासकोटमा नासा-आन्मा घर बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nasa-Logoअमेरिका । अमेरिकाको दक्षिण पुर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आठौ नियमित बैठक संस्थाका अध्यक्ष विमल नेपालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो बैठकमा संस्थाका अध्यक्ष विमल नेपालले बैठकमा उपस्थिति सल्लाहकार तथा पदाधिकारीहरुलाई स्वागत गर्नु भएको थियो । कन्फेरेन्स कल द्वारा संचालित सो बैठकमा अध्यक्ष नेपालले रिक्त रहेको कार्य समिति सदस्यमा हालै मनोनित नमिता घिमिरेलाई सपथ गराउनु भएको थियो । नासाको रजत बर्ष महोत्सव २०१६ को अवसरमा हालै मनोनित २५ सदस्सीय पूर्ण सल्लाहकार समितिको परिचय गराउनु हुदै अध्यक्ष नेपालले सम्पूर्ण सल्लाहकारहरुलाई आआफ्नो सुझाब दिनुहुन आग्रह गर्नु भएको थियो ।

बैठकमा उपस्थित सल्लाहकारहरुले आआफ्नो सुझाव दिने क्रममा नासाले नयाँ खालका सृजनसिल काम गर्दै जानुपर्ने, नेपालीहरुको एकताका लागि काम गनुपर्ने, माईनोरिटी र अवसरहरुको लागि कानुनी रुपमा दर्ता भएर काम गर्नुपर्ने जसबाट थुप्रै अवसरहरु पाउन सकिने सुझाव दिईएको थियो । त्यसैगरी आफ्ना सन्ततिहरुका लागि नेपाली भाषा, साहित्य र कलाहरु सिकाएर नेपाली सँस्कृतिको बारेमा आकर्षण गराउन तथा यूवा पुस्तालाई सामाजिक कार्यमा सक्रिय गराउनुपर्ने तथा महिलाहरुलाई सीप अभिवृद्धिका लागि सक्रिय गराउने लगायतका गहन सुझावहरु दिईएको थियो । करिब ३ घण्टा सम्म चलेको कन्फेरेन्स बैठकमा नेपाल र नेपालीका लागि बिशेष कार्यक्रमहरु संचालन गर्न सल्लाहकारहरुले सुझाएका थिए ।

बैठकमा गत सेप्टेम्बरमा सम्पन्न नासारआन्माको ११औं संयुक्त सम्मेलनबाट संचित रकम मध्य आयोजक संस्था टीएनसीसीलाई ५०० डलर प्रदान गरि बाकी रहेको रकम र नपुग नासारआन्माको तर्फबाट तथा सल्लाहकारहरु बसन्त खड्का ,गोविन्द श्रेष्ठ ,सुबोध गौतम ,राधा पौडेल लगाएत अन्य महानुभावहरुको सहयोगबाट थप गर्ने गरि लम्जुङ्गको राईनासकोटमा स्थानीय भुकम्प पीडितहरुका लागि एउटा आधुनिक तथा सुरक्षित घर बनाउनका लागि ६ हजार डलर दिने निर्णय पनि गरेको छ ।एक अमेरिकी महिला नागरिक नताशा उजनियगको पहलमा लम्जुडमा १७ वटा आधुनिक घर निर्माण भै रहेकोले सो परियोजनामा हातेमालो गर्दै एक भवन नासा र आन्माले बनाईदिने निर्णय गरेको हो । महा भुकम्प गएको दिन अर्थात आगामी वैशाख १२ गते नासा रआन्मा नामक सो घर भुकम्प पिडित स्थानीय एक परिवारलाई हस्तान्तरण गरिने छ । बैठकमा सहभागी हुदै परियोजनाकी प्रमुख नताशाले करिब एक करोड पन्ध्र लाखको लागतमा सो भवनहरु निर्माण हुदै गरेको र हालसम्म करिब साठी लाख संकलन भैसकेको र बाकी रकम संकलन कार्यका लागि नेपाली तथा अमेरिकन समुदायहरु संग सहयोगको लागि आग्रह गरेकी थिईन ।

त्यसैगरी बैठकमा नासाको रजत महोत्सव (२०१६ आगामी जुलाईको पहिलो साता अमेरिकाको सुन्दर शहर एटलान्तामा मनाउन अधिकांस पदाधिकारीहरुले सुझाव दिएका छन् ।साथै बैठकले नेपालको हिमाली जिल्लामा भैरहेको हिमपातबाट प्रभावितहरुका लागि न्यानो कपडा किन्नका लागी करिब एक हजार डलर संकलन गरि पठाउन लागिएको जानकारी समेत गराईएको थियो । सो रकम संकलन तथा वितरणका लागि कोषध्यक्ष पशुपति न्यौपानेलाई संयोजक तोकिएको छ । स्मरण रहोस , नासाले यो भन्दा अगाडी विभिन्न चरणमा करिब सत्ताइस हजार डलर भुकम्प पिडितहरुको लागि प्रधानमन्त्री राहत कोषमा राजदुत मार्फत र सिधै प्रभावित क्षेत्रमा पठाई सकेको छ ।

संस्थाका महासचिव शिव विष्टद्वारा संचालित सो बैठकमा पुर्व अध्यक्ष सौभाग्य लाल श्रेष्ठ लगाएत सल्लाहकारहरु डा विधाराज सुवेदी, विकास देवकोटा, सिके पराजुली, गोविन्द श्रेष्ठ, डा अम्रीता रेग्मी, संञ्जिता प्रधान, कुमार केसी, मोहन विष्ट, डा रुद्र अर्याल, डा दुर्गा पौडेल, सुवोध गौतम, किरण(रोन) सिटौला, डा खुशी राम तिवारी, डा लिला बहादुर कार्की ,तिर्थ माली ,राधा पौडेल ,केशव शर्मा, डा नरकाजी गुरुड, माधव ढकाल, डा बालकृष्ण शर्मा, डा ठाकुर कार्की, वसन्त खड्का, रमेश गुरुड र किरण(रोन) सिटौला बिमल कार्की सहभागी थिए । कार्यसमिति सदस्य एवं अन्तराज्य समन्वय समितिका संयोजक उद्धव कार्कीद्वारा धन्यवाद ज्ञापन गरिएको सो बैठकमा कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्य, उपाध्यक्ष तारा पुन, सहसचिव कृष्ण श्रेष्ठ , कोषाध्यक्ष पशुपति न्यौपाने, तथा कार्यकारी सदस्यहरु डा निरोज बस्नेत, डा सुमन सिलवाल, गजेन्द्र अर्याल, सतिष गुप्ता, विद्या गुरुड, उद्धव कार्की, शुशिल नेपाल, नमिता घिमिरे , नरेन्द्र बराल सहभागी भै आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।