२९ आश्विन २०८३, बिहिबार

गोरा होइन काला थिए जीसस क्राइष्ट(नयाँ खोज)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eLib_788071.jpgजेरुसेलम । आस्थाको कुनै अनुहार हुँदैन । यो त एउटा विश्वास मात्रै हो । तर आस्था बलवान भयो भने त्यो एउटा आफैमा तस्बिर बन्छ । ईश्वरप्रति गहिरो आस्थाले तपाई हाम्रो मनमा त्यसको छवि बनि हाल्छ ।

जीजस क्राइस्टका अनुयायीहरुका लागि यो खबर चकित बनाउने खालको हुन सक्छ । एक वैज्ञानिकले टेक्नोलोजीको सहयोगले जीजस क्राइस्टको यस्तो अनुहार तयार पारेका छन् पहिला तपाई हामीले देखेका थिएनौँ । सायद यसलाई कसैले यकिन गर्न सक्ने छैनन् । तस्बिरमा ती वैज्ञानिकले गोरो रंगका जीजसको छाला कालो देखाएका छन् ।

म्यानचेस्टर यूनिवर्सिटीका पूर्व प्रोफेसर रिचर्ड नीवले फारेंसिक एंथ्रोपोलोजी (मानवशास्त्र) को प्रयोग गरेर तथा इजरायली आर्कियोलोजिस्टसँग मिलेर जीजस क्राइस्टको अनुहार तैयार पारेका छन् ।

उनले त्यो तस्बिरलाई सार्वजनिक गर्दै जीजस गोरो नभइ बल्कि कालो रंगको रहेको दाबी गरिएको छ ।

जीजसको अनुहारको लुकलाई लिएर पहिला पनि धेरै प्रकारका दाबीहरु गरिएका छन् । तर नीवको टीमले वैज्ञानिक तरिका अपनाएर जीसस कालो रंगको रहेको पत्ता लगाएको समाचारमा डेलीमेलले उल्लेख गरेको छ ।

नीवको टीमले उत्तरी इजराइलको गैलीलीको आसपासको उनको क्षेत्रको तीन यहूदीको टाउको प्रयोग गरेर परीक्षण गरेको छ । यो क्षेत्र जहाँ जीजसको निवास स्थान रहेको ज्यादा सम्भावना मानिन्छ ।

नीवको यो प्रयोगलाई विश्वसनीय बनाउन बाइबल पढेर जमानाका यहूदीको कपालको रंग लम्बाईका विषयमा जानकारी लिने प्रयोग गरिएको छ । परीक्षणका क्रममा जीससको रंग कालो र उनका कपाल तथा दाढी घुमेको आकारको रहेको थियो । एजेन्सी