७ कार्तिक २०८३, शनिबार

खेलकुदको सरकारी पैसा एउटा कर्मचारीको नाममा राखिएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-paisaकाठमाडौं, २० माघ । सरकारले १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि निकासा गरेकामध्ये ३ करोड रुपैयाँ राखेपकै एक कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको छ ।

राखेप अन्तर्गत कर्मचारी प्रशासन विभागका प्रमुख इन्द्रबहादुर कार्कीको खातामा उक्त रकम जम्मा भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

उनी १२ औं सागका लागि गठित यातायत तथा बसोबास उपसमितिका सचिबसमेत हुन् ।

यति धेरै रकम सरकारी कर्मचारीको व्यक्तिगत खातामा जम्मा गरिनु गलत भएको राखेपकै कर्मचारीहरु बताउँछन् ।