३० आश्विन २०८३, शुक्रबार

वाम आन्दोलनकी ज्युँदो साक्षी सहाना प्रधानको उपचार खर्च सरकारले व्यहोर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sahana Pradhan

साउन २ । नेपाली वामपन्थी आन्दोलनकी अगुवा नेतृ सहाना प्रधानको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

शुक्रवार सिहंदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । झन्डै तीन वर्षदेखि थलिएर ओछ्यान पर्नु भएकी साहनाको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गएर अहिले उहाँ नाजुक अवस्थामा बल्खुको बयोध्या अस्पतालमा उपचार गराइरहनु भएको छ ।

फोक्सोको समस्या त छँदै थियो । त्यसमाथि उहाँलाई मस्तिष्कघात समेत भएपछि अहिले उहाँ गम्भीर उपचारक्रममा हुनुहुन्छ । काठमाडौंको अतिव्यस्त टोल, असन, त्यौडको मध्यमवर्गीय व्यापारी परिवारमा बुबा शंकरलाल प्रधान र आमा रम्भा प्रधानको कोखबाट वि.सं.१९८४ साल असार ३ गते शुक्रबार तदनुसार १९२७ जुन १७ तारिखमा उहाँ जन्मिनु भएको हो ।

उहाँले दुई वर्षको उमेमा आमालाई गुमाउनु भएको थियो । त्यसको दुई वर्ष नबित्दै उहाँ हजुरआमा र बाबाका साथ बर्मा पुग्नु भएको थियो । सात कक्षाको अध्ययन बर्मामा पूरा गरी उहाँ वि.सं. २००० सालमा काठमाडौँ र्फकनु भएको थियो ।

२००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये क्रमशः सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान हुनुहुन्थ्यो। उहाँ गिरफ्तार हुनुभयो। १५ दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि घर फर्कुनु भएको थियो ।

२००४ सालमा एसएलसी उत्तीर्ण गरी २००५ मा भाइ शंकर प्रधानसँगै लखनऊको इजावेल धोवन कलेज पुग्नुभएकी सहानाले आईएस्सी छाडेर आईएको अध्ययन पूरा गर्नुभएको थियो ।

२००७ सालमा नेपाल फर्केर तीनवटा स्कूल कन्यामन्दिर, शान्तिनिकुञ्ज र सीताराम हाइस्कूलमा उहाँले पढाउनु भएको थियो । त्यसपछि विस्तारै राजनीतिमा गहिरोगरी तानिनु भएकी प्रधान महिला संघको महासचिव हुनुभयो। २००८ सालमा जिल्ला कमिटी र २००९ सालमा अञ्चल कमिटीको जिम्मेवारी लिँदै भक्तपुर र पाटनको एकसाथ नेतृत्व गर्नुभयो।

२००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बीएको परिक्षा दिनुभयो । त्यति बेला ७२ जना परीक्षार्थीमध्ये उहाँ एकमात्र महिला हुनुहुन्थ्यो। सोही वर्ष उहाँको विवाह पुष्पलाल श्रेष्ठसँग भयो। पुष्पलाल राजनीतिमा सक्रिय हुनुभएकाले २०१३ सालपछि उहाँलाई पारिवारिक जिम्मेवारी पनि थपियो ।

२०१७–०३५ सालमा उहाँको राजनीति शक्रियता खासै देखिएन । २०३५ साउन ७ सन् १९७८ जुलाईमा पुष्पलालको निधनपश्चात् पुष्पलाल समूहको नेतृत्व बलराम उपाध्यायले गर्नुभएको थियो । त्यसबखत प्रधान पार्टी प्रवक्ता हुनुभयो। २०४३ चैत्र १४–१७मा सहाना र मनमोहन समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी मार्क्सवादी गठन गर्नुभएको थियो । त्यतिवेला उहाँ पार्टीको सचिव हुनुभयो।

२०४७ साल चैत्र २२ गते नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादीलेनिनवादी र नेकपा मार्क्सवादी एक भई नेकपा एमालेको निर्माण गरियो। उहाँ २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारमा उद्योग र वाणिज्य मन्त्री, २०४८ र २०५१ को संसद्को निर्वाचनमा क्रमशः काठमाडौँ क्षेत्र नं.४ र ६बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य हुनुभयो। त्यसअघिको नेकपा एमाले–राप्रपा–सदभावनाको मन्त्रीपरिषद्मा पनि उहाँ महिला तथा समाजकल्याणमन्त्री रहनुभएको थियो।

जनआन्दोलन ०४६मा वाममोर्चा अध्यक्ष हुनुभएको थियो। आन्दोलनपछि उहाँको आत्मकथाको पुस्तक ‘स्मृतिका आँखीझ्यालबाट’ प्रकाशित छ।