काठमाडौं, २ साउन । नयाँ बजेटमा उल्लेख भएका आर्थिक क्षेत्र सम्बन्धी विषय र देशको समग्र मौद्रिक क्षेत्रलाई समेट्ने गरी नेपाल राष्ट्र बैंकले शुक्रवार नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
तरलता व्यवस्थापन, अनिवार्य नगद मौज्दातको सीमा, वित्तीय क्षेत्रमा पहुँच, बैंक तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, गाभ्ने र गाभिने, किन्ने र किनिने, शेयर धितो कर्जा लगायतका विषय समेट्ने गरी मौद्रिक नीति ल्याउने तयारी भएको राष्ट्रबैङ्क स्रोतले जानकारी दिएको छ ।
हरेक वर्ष बजेट प्रस्तुत भएपछि राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ ।














प्रतिक्रिया