१ कार्तिक २०८३, आइतबार

जापानमा अर्काे भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan_earthquake

टोकियो, १९ माघ । जापानमा मङ्गलबार अपराह्न ५.७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ ।

उक्त जानकारी जापानको मौसम विज्ञान निकाय (जेएमए) ले दिएको छ । यस भूकम्पपछि सुनामीको चेतावनी भने नदिइएको सो निकायले जनाएको छ ।

(जेएमए) का अनुसार यस भूकम्पको केन्द्रविन्दु फुकुसिमा प्रान्तको हकाडोरी तटीय क्षेत्रको इवाकी सहरको प्रशान्त क्षेत्रीय समूद्रको २० किलोमिटर गहिराईमा रहेको छ ।यस भूकम्पबाट हालसम्म मानवीय र भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

जापानमा सन् २०११ मा आएको सुनामीमा परी कम्तीमा १९ हजार व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी