०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा ऊर्जाराज्यमन्त्री रहेका चन्द्रसिंह भट्टराई कैलालीको क्षेत्र नं. १ मा पर्ने टीकापुर नगरपालिकाको वडामै पराजित भएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् ।
०५६ को प्रतिनिधिसभामा कैलाली–१ की सांसद तथा ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी सुशीला स्वाँर पनि टीकापुर नगरपालिकाको वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छिन् ।
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका वेला ०५६ मा राष्ट्रिय सभाको सांसद बनाइएका हीरादत्त भट्ट पनि कैलालीमा वडाबाटै पाखा लागेका छन् ।
०६४ सालको पहिलो संविधानसभामा समानुपातिकतर्फकी सभासद् उर्मिला थापा तनहुँको घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित भएकी छिन् ।
०४८ मा कञ्चनपुरबाट प्रतिनिधिसभाको सांसद जितेका गंगादत्त जोशी इकाइमै पराजित भए । उनी किसान संघका पूर्वसभापति हुन् ।
०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट जितेका गंगाबहादुर कुँवर क्षेत्र नम्बर–१ को बुथमै पराजित भएका छन् ।
०५६ मा बाँके–३ बाट प्रतिनिधिसभा सदस्य जितेका कैलाशनाथ कसौधनले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दर्ता गर्न नै पाएनन् । भवानीयापुर बुथ इकाइमा उनलाई उम्मेदवारी दर्ता गर्नै दिइएन । नेपालगन्ज–४ का बासिन्दा कसौधनले भवानीयापुरमा क्रियाशील सदस्यता सारेर क्षेत्रीय प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेपछि उनलाई कार्यकर्ताले रोकेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया