२९ आश्विन २०८३, बिहिबार

नेकपा-माओवादीमा गंभीर मतभेद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidya-ra-netra-bikram-chandकाठमाडौ, २ साउन । नेकपा-माओवादीमा अध्यक्ष मोहन वैद्य जनविद्रोहको पक्षमा र सचिव नेत्रविक्रम चन्द विपक्षमा उभिएपछि गम्भीर मतभेद उत्पन्न भएको छ । जारी केन्द्रीय समिति बैठकमा वैद्य र चन्दले छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्ने क्रममा पार्टीको कार्यदिशाबारे गंभीर मतभेद देखिएको हो ।

वैद्यले विद्रोहको आधारसहित दस्तावेज पेश गरेका छन् भने चन्दले विद्रोहको आधार नै समाप्त भएको उल्लेख गर्दै ‘एकीकृत सशस्त्र क्रान्ति’ गर्नुपर्नेमा जोड दिएका छन् । ‘आजको परिस्थितिमा सैद्धान्तिक, व्यवहारिक, अनुभविक जताबाट हिसाब गरे पनि विद्रोहको संभावना छैन’ चन्दले ‘यथास्थितिमा क्रमभंगता इतिहासको आवश्यकताु शिर्षक दस्ताबेजको पृष्ठ १८ मा उल्लेख गरेका छन्, ‘प्रयोगमा नजाने लाइन बनाउनु भनेको लाइन नै नहुनु हो । तसर्थ संभावना नै नरहेको कार्यदिशा निर्माण हुदैन ।’

वैद्यको दस्तावेजमा ‘जनयुद्धको जगमा जनविद्रोह’ मूल कार्यदिशा हुनुपर्नेमा जोड दिएका छन् । ‘अहिलेको विशिष्ट परिस्थितिमा जनयुद्धको जगमा जनविद्रोहको तयारी नै संघर्षको मूल कार्यदिशा हो र यसलाई समृद्ध बनाउनु आवश्यक छ’ वैद्य दस्तावेजको पृष्ठ १४ मा उल्लेख गरेका छन् ।

माओवादी विभाजनपछि पहिलो पटक वैद्यविरुद्ध दस्तावेज ल्याएका चन्द विद्रोहको आधार देख्दैनन् । ‘नेपालमा विद्रोहको कार्यदिशा विगतको विशिष्ट स्थितिमा संभव भए पनि आजको समग्र विकसित परिस्थितिमा जनविद्रोहको मात्र कार्यदिशा वैज्ञानिक र वस्तुवादी हुने देखिदैन । त्यसको पुष्टि गर्ने आधार न्युन देखिनछन्’ उनले भनेका छन् ।

विद्रोह हुन नसक्ने आधार समेत चन्दले दिएका छन् । ‘जनयुद्धको जग पार्टीसंग मौजद’ छैन । प्रतिक्रान्ति हावी भइरहेको छ, सम्झौता सहमतिहरु प्रतिक्रियावादीहरुद्वारा हत्याएका छन् । पार्टी विभाजनपछि शक्तिका हिसाबले कमजोर भएको छु उनको तर्क छ, ‘एकथरिको धोका, विचलनले जनता र कार्यकर्तामा अविश्वास, आशंका र प्रश्नहरु छन् । जनमुक्तिसेना बिघटन भएको छ ।’

चन्दले मुलुकमा प्रतिक्रान्ति भएको, राज्य झन् सदृढ भएको, क्रान्तिकारी आन्दोलनमा बिभाजन भएको, विद्रोहका लागि आवश्यक सामथ्र्यको अभाव, पार्टी रक्षात्मक अवस्थामा पुग्नु र बाह्य शक्तिसंग राज्यको साठगाठ भएको तर्क पेश गरेका छन् । ‘विद्रोह संभव छैन भन्ने स्पष्ट हुँदाहुँदै पनि त्यही नीतिमा अगाडि बढ्न खोजियो भने त्यसले गंभीरखालका परिणामहरु आइलाग्ने हुन सक्छन्’ उनको भनाइ छ ।

बहुमत केन्द्रीय सदस्यले वैद्यको दस्तावेजलाई समर्थन गरेका छन् । ४३ केन्द्रीय सदस्यमध्ये चन्दको पक्षमा १० जना केन्द्रीय सदस्य भएको एक नेताले बताए । चन्द कुनै पनि हालतमा वैद्यको दस्तावेज स्वीकार गर्न नसकिने भन्दै आफ्नो तयारी गर्नुपर्ने उनको भनाइ छ । उनले विद्रोहका लागि साता आधार समेत तयार गरेका छन् । तर त्यसलाई चन्दले ठाडै अस्वीकार गरेका छन् । कान्तिपुर दैनिकबाट