
काठमाडौं, १८ माघ । काजबाट फिर्ता हुन नमानेका मोजमस्ती प्रवृत्तिका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले कारबाही नै अगाडि बढाएपछि फिर्ता अटेर गरेर बसिरहेका त्यस्ता कमाउ धन्दामा लागेको काज कर्मचारीहरूले भने नयाँ प्लान बनाएको खुलेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगत मालदार ठाउँमा बसेर मोज गरिरहेका काज कर्मचारीहरूले फिर्ता हुनाट जोगिनका लागि अहिले काजमार्फत गएर जुन ठाउँमा काम गरिरहेको छ त्यही ठाउँमा दरबन्दी खडा गरी पदस्थापना माग गरेर सामान्यलाई पत्र पठाएको थाहा हुन आएको समाचार साँघु साप्ताहिकले छापेको छ ।
सोर्सफोर्स, आर्थिक चलखेल तथा पहुँचका भरमा स्थानीयमा रहेका पसचिव तहसहितका ८७ जना कर्मचारी अझै काजबाट फर्किन नमानिरहेको खुलेको छ । उनीहरूले शक्ति र पहुँच प्रयोग गररहेको अवस्थामा नै दरबन्दी कायम गरी सरुवा तथा पदस्थापना गर्नका लागि जिउज्यान नै दिएर लागिपरेको बताइएको छ ।
१५९ जना कर्मचारीमा ७२ जनालाई भने काजबाट फिर्ता भइसकेको स्थानीय विकास मन्त्रालयले जनाएको छ । तर उपसचिव, अधिकृत तथा अन्य तहका गरी ८७ जना कर्मचारी भने फिर्ता र्न नभई अहिलेको ठाउँमा नै दरबन्दी कामय गरी राज गर्न खोजिरहेका छन् ।
स्रोतका अनुसार काजमा ८÷९ महिना तथा वर्ष दिन बढी रमाइरहेका कर्मचारीले ठाउँ छाड्न मानेका छैनन् । यसरी काजाबट फिर्ता हुन नमान्नेहरू अहिले एलडीओ, योजना अधिकृत, परियोजना प्रमुख, नगर अधिकृत, कार्यालय प्रमुखका रुपमा रहेको बुझिएको छ ।
सामान्य प्रशासन मन्त्रालयका स्थानीय मन्त्रालयाट ७८ जना काजमा वर्षौंदेखि रमाउँदै आएकालाई त्यहीँ ठाउँमा दरबन्दी र पदस्थापना दिनुपर्ने भन्दै फाइल पुगे पनि सामान्य प्रशासनले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।
सामान्य प्रशासनमन्त्री रेखा शर्मा र सचिव टंकमणि शर्माले कसैले पनि कानुन विपरित काजमा बस्न नपाउने पटक पटक बताउँदै आएका छन् । त्यसैले वर्षौंदेखि राम्रा र सुविधासम्पन्न ठाउँमा गएर रमाइरहेका त्यस्ता कर्मचारीको प्लान फेल हुने बताइएको छ ।















प्रतिक्रिया