काठमाडौं, १८ माघ । श्रीलंका विभाजन गर्न तमिल टाइगर जन्माउने र पाकिस्तान टुक्र्याउन बंगाल खडा गर्ने भारतले नेपालको सार्वभौमसत्तारिुद्ध पृथकतावादी समूहलाई प्रश्रय दिन खोजेको आरोप लागेको छ ।
यो आरोप भारतभित्रैबाट सुरू भएको हो । भारतीय विदेश मन्त्रालयमै २०७२ माघ १४ गते भारतीय पत्रकारले विदेश मन्त्रालयका प्रवक्तालाई प्रश्न सोधेपछि भारतको नियत खुलासा भएको हो ।
स्वतन्त्र मधेसको माग गर्दै पृथकतावादी अभियान चलाएका डा. सीके राउतलाई नयाँदिल्लीमा स्वागत गरिएको सन्दर्भ कोट्याउने पत्रकारको प्रश्नलाई साउथ ब्लकका प्रवक्ता विकास स्वरुपले नियतवस पन्छाएको समाचार साँघु साप्ताहिकले छापेको छ ।
स्रोतका अनुसार, सीके राउतलाई साउथ ब्लकले नै बोलाएर गएका हुन् । राउतसँग विकास स्वरुपले नै कुरा गरेको समेत भारतीय मिडियाकर्मीहरूले पत्ता लगाएर त्यसको भण्डाफोर गरेका छन् ।
नेपालका पृथकतावादीलाई भारत सरकारले स्वागत गरेको कुरालाई भारतमै समेत अस्वभाविक रुपमा इिएको छ ।
नयाँदिल्ली बसाइक्रममा राउतले विदेश सचिव एस. जयशंकर, सुरक्षा सल्लाहकारअजय डोबल, विदेश मन्त्रालयका नेपाल डेक्स प्रमुख सहसचिव अभय ठाकुर, नेपाल मामिलाका जानकार भारतीय सेनाका अवकास प्राप्त जर्नेल अशोक मेहतालाई पनि भेटघाट गरेको भारतीय पत्रकारहरूको दावी रहेको छ ।
राउतका सहयोगी सुरेन्द्रले राउतको भारत भ्रमणबारे खुलेर बताउन नचनाहको सप्तरी जागरण अनलाइनले उल्लेख गरेको छ ।
सुरेन्द्रले अध्यक्षज्यू जन्तरमन्तरमा आन्दोलन गर्न ज्ञापन पत्र बुझाउन नयाँदिल्ली गएको दावी गरेका छन् ।
सप्तरीबाट काठमाडौं हुँदै जेट एयरलाइन्सबाट राउत नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलमा अवतरयण गरेको सम्म नेपालका गुप्तचर अधिकारीले पुष्टि गरेका छन् ।















प्रतिक्रिया