७ कार्तिक २०८३, शनिबार

‘रअ’को सूचनापछि ‘आईएस’को अखडाबाट जोगाउन नेपाललाई हिन्दूराज्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rawकाठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गर्न अतुर रहेको प्रचार सरकारी संयन्त्रद्वारा तीव्र पारिएको छ । तर पूर्वराजा ज्ञानेन्द्र शाहको दिल्ली भ्रमणअघि ओलीले भारत भ्रमणको अवसर नपाउने समाचार स्रोतले जनाएको छ ।

पूर्वराजा शाहले हलिे दिल्ली भ्रमण गर्छन् ? भन्ने कुरा निश्चित भइसकेको छैन । श्रीमती कोमल शाहको स्वास्थ्य उपचारको बहाना बनाएर यही माघ ७ गते थाइल्यान्डको बैंकक पुगेका पूर्वराजा शाह राजनीतिक भेटघाटमा व्यस्त रहेको समाचार स्रोतले जनाएको समाचार तरुण साप्ताहिकले छापेको छ ।

भारतको खुफिया एजेन्सी ‘रअ’का प्रमुखलगायत नेता र चीनका समेत केही महत्वपस्र्ण नेतासँग पूर्वराजा शाहले भेटघाट गरिसकेका छन् । तत्कालका लागि हिन्दु राज्य कायम गराउने एजेन्डाबारे छलफल भएको समाचार स्रोतको दाबी छ ।

नेपालाई धर्मनिरपेक्ष राष्ट्र कायमै राखे इस्लामिक आतंककारी संगठन (आईएस)को अखडा नेपाल हुन सक्ने भारतीय गुप्तचर संस्थाको सूचनालाई अमेरिका र चीनले समेत सकारातमक रुपमा लिएका कारण हिन्दु राज्य पुनर्बहालीका लागि प्रयास भएको हो । यसका लागि चीन र अमरिका सहमति भएको अवस्थामा पूर्व राजा शाह दिल्ली हुँदै स्वदेश फर्कने बताइएको छ ।

हिन्दु राज्य पुनर्बहालीका लागि स्वदेशमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णायक भूमिका हुने कुरालाई मध्यनजर राख्दै भारतीय खुफिया एजेन्सी ‘रअ’ले पूर्वराजा शाह र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेटघाटको वातावरण मिलाएरको बताइन्छ । यसका लागि प्रचण्ड छिट्टै र्न बैंकक जाने भएका छन् ।