७ कार्तिक २०८३, शनिबार

बालुवाटार पुगेर प्रचण्डले ओलीलाई दिए दुई वटा कडा सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP_Oli-Prachandकाठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं सत्तासीन दल एमाओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकल मान्यताबाट निर्देशित भई सरकार नचलाउन र संयन्त्रको विचार र निर्णयलाई सम्मान गर्दै अघि बढ्न आग्रह गरेका छन् ।

ओलीलाई भेट्न शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्डले केही दिनयता ओलीका अभिव्यक्ति र केही कार्यबाट आफूले समेत असहजता भोग्नुपरेकाले अब महत्त्वपूर्ण विषयमा संयन्त्रमार्फत अगाडि बढ्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले कहिले भारत त कहिले चीन जाने कुरा र त्यसका पूर्वसर्तबारे फरकफरक टिप्पणी गरेपछि आफैंलाई त्यसबारे आधिकारिक तथ्य के हो भन्ने स्पष्ट नभएको गुनासो प्रचण्डले गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।