७ कार्तिक २०८३, शनिबार

जताततैबाट घोचपेच भएपछि मधेसी मोर्चाले अब के गर्छ ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-2

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमानाकामा जारी धर्ना कार्यक्रमबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अब बस्ने बैठकले पनर्विचार गर्न सक्ने बताएका छन् ।

उनले माघ २० गतेभित्रै मोर्चाको बैठक बस्ने र अहिलेसम्मका सम्पूर्ण आन्दोलनको कार्यक्रमको पुनर्विचार गर्न सक्ने बताए । ‘जारी नाकाबन्दीको विषयमा मोर्चाको अब बस्ने बैठकमा समीक्षा हुन्छ, अनि मात्रै के हुन्छ भन्न सकिन्छ,’, उनले भने ।

ठाकुरले संसद्ले गरेको संविधान संशोधनले मोर्चाका माग आंशिक रुपमा मात्रै सम्बोधन भएको उल्लेख गर्दै सीमांकनसहितका सबै माग पूरा नभएसम्म मोर्चाले आन्दोलन जारी राख्ने बताए ।

ठाकुरले मोर्चाले वार्तालाई कहिल्यै अस्वीकार नगरेको र समस्या समाधानमा सरकार गम्भीर नरहेको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।