२९ आश्विन २०८३, बिहिबार

शहिद तिम्रो याद आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stri-Sivaआज संयोगबस म शहिदको बारेमा लेखेका किताब पढ्दै थिए । शहिद तिम्रो याद आयो नी त्यसैले आज शहिद तिमीलाई पत्र कोर्न बसेकी छु । अहिले तिमी कहाँ छौ ? मलाई थाहा छैन । तर पनि माघ १६ नजिकिदै गर्दा म तिमै्र बारेमा सोचिरहेकी छु । तिमीसँग प्रत्यक्ष भेटघाट गर्ने शुअवसर नमिलेपनि यसै पत्रिका मार्फत पे्रषित गरेकी छु ।

माघ १६ अर्थात शहिद दिवस मनाउने दिन नजिकिदै गर्दा तिम्रो साह्रै नै याद आएको छ । आज हामी भौगोलिक रुपमा ठाढा छौ । अब हाम्रो भेटघाट हुने सम्भावना पनि भएन तर आशा छ, जे जस्तो भएपनि तिम्रो मन भावना र सोचाई कहिल्लै फरक हुनेछैन । शहिद तिम्रै महान भावना र विचार बाट असाध्यै प्रभावित छु ।

शहिद तिमीहरु व्यक्तिगत स्वार्थबाट माथि उठेर सामाजिक हितको लागि आफूलाई बलीदानी गराउन समेतपछि हटेनौ यसबाट असाध्यै खुसी लाग्छ । यस्ता महान व्यक्ति यो देशले पाएकोमा अत्यन्त गौरवाम्वित पनि हुने गर्छु तिम्रो याद आउँदा तर बिडम्बना माननीय र सम्मानीय नेताहरु जसले शहिद र नेपाली जनताको इच्छा पुरा गर्ने उद्देश्यले उच्च पदमा छन् । तिनीहरुकै कारण नै पटक–पटक विभिन्न खाले समस्या झेल्न बाध्य छन् नेपाली जनता,आम नेपाली जनताको आखाँमा छारो हाल्ने काम बारम्बार दोहोयाइरहेका छन् । सर्वप्रथमत यि उच्च पदस्थ नेताहरुलाई बधाई ।

नयाँ संविधान आए सँगै नेपाली जनताले नाकाबन्दीको चपेटामा परिरहेका छन् । ५ महिना भइसक्दा पनि नाकाबन्दी खुल्न सकेको छैन । आखिर किन ? नेताहरुको गल्तीले गर्दा आम नेपाली जनताले शास्ती भोगीरहेका छन् यो कस्तो बिडम्बना ?

मैले, विश्वमा कयौ महान व्यक्तिहरुका संघर्षका कथाहरु पढेकी छु । निष्कर्षमा त्यही पाएकी छु । आन्तरिक सुख, आवेग र भावना जस्ता कुराहरुलाई परै थन्काएर सामाजिक हितको निम्ति जीवन पर्यत्न खटिरहन्छन् । उनीहरु जीवनमा आइपर्ने विभिन्न व्यवधान र अप्ठ्रा खुडकिलाहरु खोप्दै आफ्नो लक्ष्यमा निरन्तर लागिरहन्छन् । शहिद तिमीहरु प्नि कर्तव्यपथबाट विमुख नभई १० बर्षे जनयुद्ध १९ दिने आन्दोलनबाट देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएर आफूलाई बलिदानी दियौ ।

शदिद, मैले तिमिबाट धेरै कुरा सिक्न पाएकी छु । मैले पनि तिमीले जस्तै निस्वार्थ समाजसेवा गर्ने सोच बनाएकी छु । हुनत मैले पनि कहिलेकाही सोच्ने गर्छु । सुख सुविधा र सम्पन्नताले भरिएको एउटा सुन्दर बङ्गला होस् , घरमा नोकर चाकर होउन, पजेरो होस् । समाजमा विशिष्ट र सम्मानित जीवनशैली होस् । हो म यस्तै–यस्तै सोच्ने गर्छु र मैले कुनै समय समाजसेवा गर्न खोज्नेलाई समाजसेवा होईन धेरै पैसा कमाउ भन्थे । तर अहिले त्यो सोच सम्झिदै कताकता आत्मग्लानी भएर आउँछ । मलाई थाहा छैन मभित्र त्यत्रो मोह कहाँबाट पलायो । हामी जस्तालाई यो असम्भव पनित हो ।

तर मैले आजभोलि सफल व्यक्तिका थुप्रै संघर्षका पुस्तकहरुको अध्यन गर्ने गर्छु जसले गर्दा आज मेरा भावनामा केही परिवर्तन भएको हो की । साँच्चै भनुँ भने जीवनको सार्थकता बुझ्न गाह्रो हुँदोरहेछ । आज म सोच्ने गर्दछु भोकभोकै मर्न थालेको मान्छेलाई, नाङ्गै खालीखुट्टा चिसो सडकमा मृत्यु पर्खिरहेको मान्छेलाई, बर्षाै देखि थिचिएका हेपिएका निमुखा जनताहरुलाई र कसरी तिनीहरु आज जीवनलाई हत्केलामा राखि नेपाल र नेपालीको लागि लडिरहेछन् ।

शहिद, म आफु त्यसरी हिड्न नसकेता पनि शहिद तिम्रो भावनाको सम्मान गर्दछु । हुनत बौद्धिकता र अनुभवमा तिमी भन्दा निकै पछाडि छु । तिम्रो अगाडि मेरा कतिपय धारणा अपरिपक्क हुन सक्छन् । तर मेरो निष्कर्ष यही हो । म प्रत्येक गरीब र भोको नाङ्गो शरीर भरिएको हेर्न चाहान्छु । वर्षौदेखि पिल्सिएका नेपालीले मुक्ति पाएको हेर्न चाहान्छु । अक्षर चिन्न नपाएका कलिला केटाकेटीहरुले हातमा किताब र कलम लिएको हेर्न चाहान्छु, ७० र ७२ नाघेका बुढाबा आमाले बर्षौदेखिको नाम्लाको बोझ बिसाएर सन्तोषले सास फेरेको सुन्न देख्न पाए हुन्थ्यो, हरेक विदेशी भूमीमा गएर श्रम्र र सिप बेच्न बाध्य नेपालीले यो देशमै बसेर आफ्नै देशकै निम्ति केही गरेको हेर्न चाहान्छु ।

अन्तमा शहिद तिमीले यहाँको बारेमा चिन्ता नलिनु आफ्नो ख्याल गर्नु । तिम्रो सपना ढिलै भए पनि अवश्य पुरा हुनेछ,जसरी पनि जित सत्यकै हुन्छ । सदा नेपाली जनता तिम्रो सम्झना गरिरहने छन् । सदा तिम्रो चिरशान्तीको कामना सदा अमर रहु, यही मेरो कामना ।