७ कार्तिक २०८३, शनिबार

सरकारले भारतसँग फेरि गर्यो अर्काे सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaकाठमाडौं, १६ माघ । सरकारले लोडसेडिङ घटाउन अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट २ सय मेगावाट विद्युत आयात गर्ने भएको सम्झौता गरेको छ ।
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिको शुक्रवार सम्पन्न बैठकमा भारतीय पक्ष उक्त प्रसारण लाइनबाट थप २ सय मेगावाट बिजुली दिन सहमत भएको हो।
ऊर्जा मन्त्रालयका सचिव सुमन शर्मा र भारतीय ऊर्जा सचिव पीके पुजारी नेतृत्वमा भएको बैठकमा नेपालको लोडसेडिङ घटाउन दुई देशबीच प्रसारण लाइन नाकाबाट नेपाललाई आबश्यकता अनुसार थप विजुली दिन भारत सहमत भएको हो।
भारतबाट आयात गर्ने बिजुलीको प्रतियुनिट मूल्य ९ रुपैयाँ हाराहारी पर्छ। कान्तिपुर दैनिकमा समाचार छ।