१ कार्तिक २०८३, शनिबार

उत्तर कोरियाविरुद्ध कदम चाल्न जापान र अमेरिका सहमत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JAPAN-POLITICSटोकियो, १५ माघ । जापानी विदेशमन्त्री फुमिओ किसिदा र अमेरिकी विदेशमन्त्री जोन केरीबीच शुक्रबार उत्तर कोरियाका विषयमा कुराकानी भएको समाचार छ ।

उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गर्नसक्ने भन्ने सम्भावनाको विषयमा उहाँहरुबीच छलफल भएको समाचारमा जनाइएको छ ।

दुई नेताबीच भएको टेलिफोन वार्तामा सो कुरा भएको बताइएको छ । ‘हामी अमेरिकासँग आफ्नो जनताको रक्षाको लागि नजिक भएर काम गर्नेछौं’ केरीसँग टेलिफोन वार्तापछि किसिदाले स्थानीय सञ्चार माध्यमलाई बताउनुभएको छ । रासस/सिन्ह्वा