
एजेन्सी । छोरीलाई पालन पोषण गरी हुर्काएका एक बाबुले अन्तिममा छोरीकै कारण संसारबाट विदा लिएका छन् ।
उत्तरी दिल्लीको अशोक विहार इलाकामा ७० वर्षीय एक व्यक्तिले आफ्नी ३५ वर्षीय छोरीका लागि दुलाहा खोज्दा नपाएपछि निराश भएर विहीबार आफ्नै घरमा आगो लगाइदिएका छन् र झुण्डिएर आफूले आत्महत्या गरेका छन् ।
दिल्लीका वरिष्ठ वरिष्ठ पुलिस अधिकारी एस के शर्माका अनुसार मृतक ७० वर्षीय बृज मोहन सबरवालले छोरी योगिताका लागि १० वर्षदेखि दुलाहा खोजिरहेका थिए । यही कारण बृजमोहन विहीबार एकदमै दुःखी थिए ।
योगिताले प्रहरीमा दिएको वयान अनुसार दुलाहा नपाएर तथा गाउँलेको तिरस्कार सहन नसकेर बृजमोहनले घरमा आगो हालेर आफूले पनि आत्महत्या गरि संसारबाट विदा लिए ।















प्रतिक्रिया