७ कार्तिक २०८३, शनिबार

बाबुरामले फेरि यिनलाई किन हटाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiकाठमाडौं । सत्र हजारभन्दा बढी नागरिकको अमूल्य जीवन लिला समाप्त पारेर सहर र सिंहदरबार छिरेका डा. बाबुराम भट्टराईले नयाँ शक्तिको नाममा आफ्नो विगतको इतिहासलाई नामेट पार्ने अभियान सुरु गरेका छन् ।

उनले कुनै दिन जनयुद्ध नै गलत थियो, मलाई त जवरजस्ती गरिएको थियो भने त्यो नयाँ हुने छैन । उनले त्यसैको श्रृंखला स्वरुप आफ्नै व्यक्तिगत वेबसाइटबाट सुरु गरेका छन् । उनले आफ्नो व्यक्तिगत वेबसाइट बाबुराम भट्टराई डटकमबाट मुट्ठी उचाल्दै लालसलाम गरेको तस्विर हटाएका छन् । आफ्नै पूवर्ज सहकर्मीहरुले कम्युनिस्ट विचार र आर्दश लत्याएर साम्राज्यवादीसँग मिलेको बताइरहँदा उनको सुरुवाती श्रृंखलाहरु हेर्दा आरोपमा सत्यता देखिन थालेको छ । सयपत्री माला लगाएको तस्विरसहित साइटको बायाँ साइडमा हँसिया हथौंडा झण्डा राखिएको थियो । हाल उक्त झण्डाको ठाँउमा उनले हँसिया हथौंडामात्र राखेका छन् ।

यस्तै, उनले वेबसाइटमा राखेको जनयुद्धका दस्तावेज, उनका जनयुद्धकालीन दस्तावेज एवम् पार्टीका दस्तावेज समेत हटाएका छन् । उनले पूर्वएमाओवादी भेट्दा मात्रै लालसलाम भन्ने गरेका छन्, तर नयाँ शक्तिवालासँग नमस्कार भन्न थालेका छन् ।

जनयुद्धको समयदेखि उनले अत्यधिक प्रयोग गर्दै आएका अन्याय र गलत कामसामू आत्मसमर्पण गर्नु भन्दा म लडेर मर्ने छु भन्ने वाक्यांश समेत हटाएका छन् । बरु उनले मेरो जीवनको लक्ष्य ः १० वर्षभित्र संमृद्ध र समतामूलक नयाँ नेपालको निर्माण र मेरो राष्ट्रिय दृष्टि नेपाल दुई ढुङ्गाको तरुल होइन, भारत र चीनबीचको गतिशील पुल भन्ने छ ।

भट्टराईले वेबसाइटको बायाँ छेउमा अंग्रेजीमा लेखिएको ‘अन्याय र गलत कामसामु आत्मसर्पण गर्नुभन्दा म लडेर मर्ने छु’ भन्ने वाक्यांश पनि हटाएका छन्। त्यसको बदलामा ‘मेरो जीवन लक्ष्यः १० वर्षभित्र समृद्ध र समतामूलक नयाँ नेपालको निर्माण’ र ‘मेरो राष्ट्रिय दृष्टिः नेपाल दुई ढुंगाबीचको तरुल होइन, भारत र चीनबीचको गतिशील पुल’ राखिएको छ।

भट्टराईको नयाँ शक्तिले माक्र्सवाद मान्ने कि नमान्ने विषय अहिलेसम्म टुंगिएको छैन । जनआह्वान साप्ताहिकमा खबर छ ।