
वीरगञ्ज, १५ माघ । मुलुकमा नयाँ संविधान जारी भएसँगै ५ महिनादेखि बन्द रक्सौल नाकामा धर्नाकारीहरु पातलिँदै जान थालेका छन् ।
आन्दोलनमा खट्दै आएका मधेसी मोर्चाका नेता तथा कार्यकर्ता धमाधम घर फर्किन थालेपछि टेन्ट रित्तिएको हो । कारोवार दैनिकले समाचार छापेको छ ।
मोर्चाका स्थानीय नेताले घरायसी कामसँगै बढ्दो चिसोका कारण उपस्थिति पातलिएको प्रतिक्रिया दिइरहेका छन् ।
मोर्चाआबद्ध पार्टीहरुलाई पालैपालो नाकामा बस्ने जिम्मेवारी दिइए पनि उपस्थिति बढ्नुको साटो घट्दै गएको छ ।
बिहीबार दिउँसो धर्नाकारीको टेन्ट रित्तै थियो । धर्नामा एक जना पनि उपस्थित नभएको देखेर मधेसी मोर्चा पर्साका प्रवक्ता सलाउद्दिन अहमदले समेत आश्चर्य व्यक्त गरे ।















प्रतिक्रिया