७ कार्तिक २०८३, शनिबार

चीनले अनुदानमा दिएको पेट्रोलको पैसा यसरी असुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chin Bata Oil Nepaliकाठमाडौं, १५ माघ । नेपालले पूर्वाधार निर्माणका परियोजना प्रस्ताव गर्न नसक्दा चीन सरकारले यसअघि घोषित अनुदान रकमबाटै पेट्रोल अनुदानको हिसाबकिताब मिलाउने भएको छ ।

चीनले यसअघि पूर्वाधार निर्माणमा खर्च गर्ने गरी नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान घोषणा गरेको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।

उक्त रकम यी यी परियोजनामा खर्चने भनी नेपालले चीनसमक्ष प्रस्ताव गर्न नसक्दा यस्तो परिस्थिति आएको हो ।

भारतीय नाकाबन्दीका बेला चीनले अनुदानबापत दिएको १३ लाख लितटर तेलको रकम पूर्वघोषित अनुदानबाट कटौती गर्ने चीनले जानकारी दिएको हो ।

भारतको अघोषित नाकाबन्दीपछि तेल अभाव हुँदा सरकारी पहलमा चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल दिएको थियो ।