१ कार्तिक २०८३, शनिबार

बिरामी बालिका बोकेको एयर एम्बुलेन्स नै दुर्घटना पर्दा पाँचको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter480अस्ताना (कजाखस्तान), १४ माघ । एकजना बिरामी बालिका बोकेर अस्पताल लैजाँदै गरेको हेलिकोप्टर नै दुर्घटनामा परेको खबर छ ।

कजाखस्तानमा भएको सो दुर्घटनामा परी ती बालिकासहित त्यसमा रहेका पाँच जनाको ज्यान गएको छ । रक्त क्यान्सर लागेकी ती बालिकालाई आकस्मिक रुपमा अस्पताल पु¥याउन सो हेलिकोप्टरलाई एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको थियो ।

बिहीबार काजखस्तामा सो दुर्घटना भएको हो । सो हेलिकोप्टरमा रहेका चिकित्सक, हेलिकोप्टर चालक, ती बिरामी बालिका र उनकी आमाको शव भेटिएको बताइएको छ ।

दक्षिणी कजाखस्तानको एक अस्पतालमा लैजाँदै गरेको अवस्थामा अस्पतालबाट निकै पर रहेको अल्माइटी क्षेत्रमा सो हेलिकोप्टर हराएको थियो ।

बिहीबार बिहानैदेखि हराएको सो हेलिकोप्टरको खोजीका क्रममा अपरान्ह दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

हुस्सुका कारण हेलिकोप्टरको खोजीका लागि निकै गाह्रो भएको बताइएको थियो । हुस्सु हटेपछि गरिएको खोजीमा ती शव भेटिएका हुन् । रासस/एएफपी