७ कार्तिक २०८३, शनिबार

एमालेको कडा निर्देशन, ‘अर्बौ रकम दुरुपयोग गरेका आईएनजीओलाई कारबाही नगर्नु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-Central-Officeकाठमाडौं, १४ माघ । भूकम्पपीडितको नाममा अर्बौ रकम उठाएर दुरुपयोग गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)लाई कुनै कारबाही नगर्न सत्ताधारी एमालेले नै दबाब दिइरहेको खुलेको छ ।

एमालेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत नै आईएनजीओलाई कुनै कारबाही नगर्न दबाब दिएको सरकारी अधिकारीले दावी गरेका छन् ।

आईएनजीओको नियमन अघि बढाउन खोजेका समाजकल्याण मन्त्रालयका एक अधिकारीले भने, ‘आईएनजीओलाई सहायता दुरुपयोगबारे छलफल गर्न बोलाउनै नहुने अवस्था छ, प्रधानमन्त्रीनिकट र एमालेका उच्च तहका नेताको फोन आइहाल्छ’, नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, ‘आईएनजीओका राष्ट्रिय निर्देशकलाई फोन गर्नासाथ माथिबाट कुनै प्रक्रिया अघि नबढाउन दबाब आउछ, पीडितलाई आएको सहायता दुरुपयोग हुदा पनि टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आयो ।’

मन्त्रीपरिषद्को बैठकले नै नियमबिपरीत काम गर्ने आईएनजीओको आवद्धता खारेज गर्नुपर्नेमा उल्टो भइरहेको गुनासो उनले गरे । कारोबार दैनिकले समाचार छापेको छ ।