७ कार्तिक २०८३, शनिबार

किन भन्छन् ओली ‘भारत जान्छु ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K-P-Oliकाठमाडौं, १४ माघ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले बारम्बार भारतको भ्रमण छिट्टै गर्छु भनेर मुलुकको बर्तमान राजनीतिक, सामाजिक र आर्थिक समस्यालाई नजरअन्दाज गरेका छन् । मित्र राष्ट्र भारतले उनलाई भारत भ्रमणको लागि औपचारिक रुपमा आमन्त्रण गरेको छैन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

तर, प्रधानमन्त्री ओली दिनैपिच्छे हुने औपचारिक र अनौपचारिक कार्यक्रममा आफैले र आफ्ना सहयोगी सल्लाहकार मार्फत चाँडै भारत भ्रमण गर्ने कुरा दोहोगाइरहन्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन र एक महिनाअघि झापामा हुँदा टेलिफोन बार्ताको क्रममा ओलीलाई भारत भ्रमणको निम्ता दिएका थिए ।

मोदीको टेलीफोन भारत भ्रमणको लागि निम्ता दिन नभई औपचारिकता प्रदान गर्न वार्ताको क्रममा त्यसो भनेका थिए । तर, ओलीले एक महिनायता बारम्बार सीमाको अबरोध हटेपछिमात्र भारत भ्रमण गर्छु भनेर भाषण गरिरहन्छन् ।

आइतबार मात्र प्रधानमन्त्री ओलीका परराष्ट्र बिज्ञ गोपाल खनालले ओली फागुनको पहिलो सातासम्म भारतको भ्रमण गर्ने सूचना मिडिया मार्फत सार्बजनिक गरे । तर, ओलीको भारत भ्रमणबारे आफुलाई कुनैं जानकारी नभएको नेपालका लागि भारतीय राजदूत रणजीत रायले बताएपछि ओलीको भारत भ्रमणको तयारी आधारहिन रहेछ भन्ने प्रमाणित भएको छ ।

कहिले ‘भारतले लगाएको अघोषित नाकाबन्दी हटेपछि भारत भ्रमण गर्छु’ त कहिले ‘सीमा नाकाको अवस्था सहज भएपछि मात्र भारत भ्रमणमा जान्छु’ भनेर अनावश्यक भाषण गरी समय बर्बाद गरिरहेका छन् ओली । उनले भने बमोजिम नाकाबन्दीको अगाडि झुण्ड्याइएको ‘अघोषित’ भन्ने शब्दलाई कसरी अर्थ लगाउने ? के नाकाबन्दी भनेको पोलियो थोपा खुवाउन स्वयंसेवकहरुले माईकिङ गरेजस्तै कराउँदै र घोषणा गर्दै हिँड्ने हो र ?

पुनः भारत र नेपालबीचको सीमामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले बीरगञ्ज–रक्सौल सीमा बाहेक अन्यत्र कही पनि सीमा नाका बन्द गरेका छैनन् । रक्सौल बाहेक सबै नाकाबाट सवारी साधान निर्बिबाद र बिनाअबरोध आवत जावत गरिरहेका छन् । तर बीरगञ्जमा मोर्चाका चार भाई कार्यकर्ताले चार वटा वाँस तेस्र्याएकै भरमा किन अबरोध हटाउन सरकारले चासो लिँदैन ? मोरङको रंगेलीमा एमाले कार्यकर्ताको भेला गराएर मोर्चासँग मुठभेड गरी प्रहरीसँगको झडपका क्रममा तीन मधेशी कार्यकर्ताको हत्या समेत भयो ।

तर, बीरगञ्ज नाकाबाट नेपालतर्फ सवारी साधन भित्रन नसक्नुको कारण मोर्चाका कार्यकर्ताको अबरोध भएको कुरा नेपालका लागि भारतीय राजदूत रायले बताईकेका छन् । तर, इन्धनको कालोबजारीबाट मुलुकलाई मुक्त गर्न नसक्ने र दिनैपिच्छे भाषण गरेर लोडसेडिङले अक्रान्त मुलुकमा मेट्रो बिद्युतीय रेल कुदाउने र ग्याँस नपाएर दाउरामा भात पकाउन बाध्य नेपालीका घरमा ग्याँसको पाईप जोडिदिने जस्ता हावदारी र उडन्ते भाषण गरेर ओलीले मुलुकको मुलभूत समस्यालाई नजरअन्दाज गरिरहेका छन् ।

भारतले भ्रमणका लागि ओलीलाई औपचारिक रुपमा नबोलाउने, भ्रमणको तयारी र एजेण्डा पनि केही नबनाउने ओलीले बारम्बार सीमाको समस्या समाधान नभई भारत भ्रमणमा नजाने भनेर भारत भ्रमणको हतारो रहेको स्पस्ट हु्न्छ ।