२८ आश्विन २०८३, बुधबार

राजधानी डेंगुको उच्‍च जोखिममा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

musquito-da-dengueकाठमाडौं, १ साउन । उपत्यकामा डेंगुको संक्रमण फैलाउने लामखुट्टे ६० प्रतिशतभन्दा बढी रहेको अध्ययनले देखाएको छ। डेंगुको संक्रमण सार्ने लामखुट्टे काठमाडौंसहित ललितपुर र भक्त पुरका अधिकांश स्थानमा रहेको अध्ययनबाट पुष्टि भएको हो।

डेंगु संक्रमण भएपछि एक्कासि ज्वरो आउने, कडा रूपमा टाउको दुख्ने, शरीरमा बिमिरा आउने र रक्त स्राव भएर मानिसको ज्यान जान्छ।

महामारी तथा रोग नियन्त्रण महाशाखाको निर्देशनमा स्वास्थ्यकर्मीले यही असार २६ देखि ३१ गतेसम्म चक्रपथसहित उपत्यकाका मुख्यमुख्य स्थानबाट संकलन गरेका लामखुट्टे र उसको लार्भा परीक्षण गर्दा यस्तो तथ्य भेटिएको हो। परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।

‘उपत्यकामा पनि डेंगु फैलिएको समाचार आयो, हामीले तत्काल सर्भे अगाडि बढायौं, सर्भेका क्रममा उक्त रोग फैलाउने लामखुट्टे छ्याप्छ्याप्ती रहेको पाइयो’, महाशाखाका किटविज्ञ पुरुषोत्तम गौतमले भने, ‘रोग फैलाउने लामखुट्टे जताततै भएकाले अत्यन्तै जोखिम बढेको छ, बेलैमा सचेत नभए यसले महारीमारीको रूप लिनेछ।’ अन्नपूर्ण पोष्ट दैनिकबा